• ९ असोज २०८३, शुक्रबार
  • ४ः२५ बेलुका

कांग्रेस जता जान्छ अविश्वासको प्रस्ताव पास फेल त्यतै जान्छ: रामनारायण बिडारी

प्रकाशित मिति

२०७७ फाल्गुन १७ गते, सोमबार ०७:३१

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूहका नेता एवं राष्ट्रिय सभा सांसदले रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका ९५ प्रतिशत कुरा लागु नहुने दाबी गरेका छन् । उनले भने, ‘आर्काले गर्ने काम उहाँले अर्डर गर्ने हो र उहाँले बोलेका कुराको ९५ प्रतिशत लागु हुँदैन । ५ प्रतिशतको आधा लागु हुन्छ ।’ नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा बोल्दै नेता बिडारीले ओलीलाई निरन्तर आरोप लगाउँदै भने, ‘यो संसदले काम गरेन ।

National Life

यो फाल्तु भनेर भन्नेले मैले गल्ती गरेँ मलाई राख्दिनुस् भन्न सुहाउँछ रु अस्ति सर्वोच्चलाई चुनौती दिनुभयो अहिले फेरि संसदलाई चुनौती दिने रु कहिले सेनालाई च्यालेन्ज दिने कहिले पुलिसलाई च्यालेन्ज दिने ।’ उनले फागुन २३ गते संसद बैठक चल्ने भन्दै उनले संसदले नै ओलीको बारेमा निर्णय गर्ने बताए । उनले ओलीलाई हटाउन संसदबाट गाह्रो नहुने पनि बताउँछन् ।

उनले भने, ‘ओलीलाई संसदीय दल र पार्टीबाट हटाएको छ भने अब कुनै गाह्रो नहोला । अर्को प्रधानमन्त्री नभएसम्म उहाँ नै हुने हो । अरु केही गर्न सक्नुहुन्न ।’ नेता बिडारीले कांग्रेस जता जान्छ अविश्वासको प्रस्ताव पास फेल त्यतै हुने बताएका छन् ।उनले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न खडा गरेका छन् । नेकपा दल विभाजनबारे आयोगले बेवास्ता गरेको र गैरजिम्मेवारी भूमिका खेलेको भन्दै उनले भने, ‘ दल विभाजन निर्वाचन आयोगले गर्नुपर्ने हो ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आयोगलाई संवैधानिक बनाएको पनि गल्ती भएछ कि । जनआन्दोलन निर्वाचन आयोगविरुद्ध गर्नुपर्ने भयो । कतिपय देशमा निर्वाचन आयोग गृहमन्त्रालय अन्तर्गत छन् ।’ आक्रोशित हुँदै उनले भने, ‘ऐन कानून हेर्न कति समय लाग्छ निर्वाचन आयोगलाई रु कहिले गर्छ टुङ्गो दल विभाजनको ?

 

प्रतिकृया