• 6:14 pm

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

प्रकाशित मिति

२०७७ फाल्गुन १७ गते, सोमबार ०७:१८

काठमाडौँ : नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्य रूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिए । उनका अनुसार विभागले यसै महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

 

प्रतिकृया