• १ असोज २०८३, बिहीबार
  • ६ः५५ बिहान

एकताकै बेला ओलीले मलाई र माधवलाई निमोठेर सिध्याउने रणनीति लिएका थिए : प्रचण्ड

प्रकाशित मिति

२०७७ फाल्गुन १५ गते, शनिबार ०३:४५

काठमाडौं :नेकपा प्रचण्ड -नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्माले सबैभन्दा बढी माधव नेपाललाई गाली गर्ने गरेको बताएका छन् ।

National Life

एमाले र माओवादीबीचको एकतामा ओलीले नेपाललाई चार जिल्लामा मात्र सीमित गर्न खोजेको उनले सार्वजनिक गरेका छन् । नेकपा सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै ओलीले माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति बनाएको खुलाए ।

उनले एकताको सुरुका दुई वर्ष ओलीले सबैभन्दा बढी माधव नेपाललाई गाली गरेको बताए। बिस्तारै आफू पनि ओलीबाट पीडित हुन थालेपछि नेपालसँग सहकार्य अगाडि बढेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीको आधिकारिकता र वैधानिकता आफूहरुले लिने दाबी गर्दै प्रचण्डले एकताका बेला ओलीले आफूलाई एमाले पार्टी हाक्ने दोस्रो नेता नभएका कारण आफूसँग एकता गर्न खोजेको बताएको स्मरण गरे।

 

प्रतिकृया