• २६ भदौ २०८३, शुक्रबार
  • ११ः०१ राती

आदर्श माध्यमिक विद्यालयद्वारा विद्यार्थीहरुलाई छात्रवृति प्रदान तथा निर्माणाधिन भवनको निरिक्षण (फोटोफिचर)

प्रकाशित मिति

२०७७ फाल्गुन ७ गते, शुक्रबार ०५:१७

काठमाडौंः आदर्श माध्यमिक विद्यालय (DMPS) का पूर्व विद्यार्थी समाजद्वारा आदर्श माध्यमिक विद्यालय (DMPS)  का ९ जना छात्र र छात्राहरुलाई छात्रवृति तथा सम्मान पत्र प्रदान गरिएको छ ।

National Life

शुक्रबार आयोजना गरिएको एक कार्यक्रमका बिच २०७५ सालको SEE परिक्षामा उत्कृष्ट नतिजा A+ प्राप्त गर्ने ३ जना र (DMPS) स्कुलका छात्र÷छात्राहरु हाल अध्यनरत ६ जना जेहन्दार छात्र छात्रालाई नगत रु ५ हजारको दरले प्रदान गरिएको हो ।

कार्यक्रम पूर्व विद्यार्थी समाजकाअध्यक्ष सुवाचन्द्र ढुङगेलको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा प्रमुख अथितिः श्री कृष्ण श्रेष्ठ, (DMPS) का वरिष्ठ उपाध्यक्ष हेमन्त प्रसाद महासचिव गकुल शर्मा स्कुलमा शिक्षक, विद्यार्थी तथा समाजसेवीहरुकोसमेत उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

२०२४ सालमा स्थापना भएको आदर्श माध्यमिक विद्यालय २०७२ को भुकम्प पश्चात एसेटको सहयोगमा करिब २२ करोडको लागतमा पुर्णनिर्माण हुदै गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

नेपाल अमेरिका मैन्त्रीपूर्ण सम्बन्धको कारणले गर्दा अमेरिकन सरकारले बनाएको यो विद्यालयमा अहिले १ हजार भन्दा बढी विद्यार्थीहरु अध्यन्नरत छन् ।

साथै उक्त टिमले निर्माधिन भवनको निरिक्षण गर्नुका साथै आगामी आर्थिक वर्षमा उद्घाटन गर्नेगरि काम सम्पन्न गर्न निर्देशन समेत दिएको छ ।

 

प्रतिकृया