• ११ असोज २०८३, आइतबार
  • ५ः०९ बेलुका

दिनेशले बलात्कारपछि हत्या गरेको बताएपछि हुने भयो भागिरथीको अन्तिम संस्कार

प्रकाशित मिति

२०७७ फाल्गुन ७ गते, शुक्रबार ११:३४

बैतडी: बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको शुक्रबार दाहसंस्कार गरिने भएको छ। भागिरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो।

National Life

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागिरथीका घरपरिवारले शव बुझ्न मानेको हो।

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन्। गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागिरथीका काका शिवराज भट्टले बताए। गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो।

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागिरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो।

प्रतिकृया