‘आज आयोग जाने तयारी’प्रचण्ड नेपाल नेतृत्वको नेकपाले केन्द्रीय सदस्यलाई नागरिकतासहित बोलायो
प्रकाशित मिति
२०७७ फाल्गुन ७ गते, शुक्रबार ०६:२४
काठमाडौं: प्रचण्ड नेपाल नेतृत्वको नेकपाले आफ्ना केन्द्रीय सदस्यहरुलाई नगारिकतासहित उपस्थित हुन निर्देशन दिएको छ। आज १२ बजे पेरिस डाँडामा उपस्थित हुन छ। स्रोतका अनुसार प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यहरू आज शुक्रवार निर्वाचन आयोगमा उपस्थित हुँदैछन्। आज १२ बजे भेला भएर एक बजे निर्वाचन आयोग जाने तयारी छ।
नेकपाभित्रको विवादलाई आयोगले अझै टुंगो लगाइसकेको छैन। पुस ५ मा प्रतिनिधि सभा विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत केन्द्रीय सदस्यको बैठकले कारबाही गरेको छ। ओलीको ठाउँमा वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बनेका छन्। विवाद बढेसँगै प्रचण्ड नेपाल पक्षले ओलीलाई कारबाही गरेको र ओली पक्षले १५ सय १ जनाको केन्द्रीय कमिटी बनाएको पत्र आयोगमा पठाएको थियो।
आयोगले माघ ११ गते दुवै पक्षको निर्णयलाई आधिकारिकता नदिने जानकारी गराएको थियो। आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई भने मान्यता दिएको छ।
प्रचण्ड नेपाल पक्षले माघ २० गते निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएका थिए। नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये २ सय ७३ जनाको हस्ताक्षर रहेको प्रचण्ड नेपाल पक्षधरको दावी छ। आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन।








प्रतिकृया