• ११ असोज २०८३, आइतबार
  • २ः०९ राती

‘संविधानले कसैलाई पनि अवशिष्ट अधिकार दिएको छैन’

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०४:४३

काठमाडौं: वरिष्ठ अधिवक्ता तथा एमिकस क्युरीका सदस्य पूर्णमान शाक्यले नेपालको संविधानले कसैलाई पनि अवशिष्ट अधिकार नदिएको बताएका छन्।

National Life

अदालतको सहयोगीका रूपमा रहने एमीकस क्युरीको जारी बहसका क्रममा उनले यस्तो बताएका हुन्। शाक्यले नेपालको संविधानले सिमित सरकारको कल्पना गरेको बताउँदै शाक्यले प्रधानमन्त्रीमा अवशिष्ट अधिकार छ कि छैन भन्ने विषयमा आफ्नो राय राखेका हुन्।

पुस ५ मा भएको प्रतिनिधिसभा विघटनको बचाउमा बहस गरेका सरकारी र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीहरुले संसदीय शासन प्रणालीमा संसद् विघटन गर्न सक्ने अवशिष्ट अधिकार प्रधानमन्त्रीमा निहित रहने तर्क गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

राजामा रहेको अवशिष्ट अधिकारबाट नेपाल पीडित भएकाले पछिल्लो संविधानले सीमित सरकारको व्यवस्था गरेको उनको राय थियो। संविधानले नदिएको अधिकार प्रयोग गर्ने अधिकार प्रधानमन्त्रीमा नहुने

प्रतिकृया