• ५ साउन २०८३, मंगलबार
  • ५:०५ बेलुका

ग्लोबल आईएमई बैंकले १ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा बिक्री गर्दै

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार १२:५५

काठमाडौं: ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ।

बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्री गर्न लागेको बैंकले जनाएको छ। यी कित्ताको क्षेत्रफल क्रमशः २५४.५०, २५४.५०, ५२५.२४, ३०२.०६, र १९०.७८ वर्गमिटर गरी कुल १५२७.०८ वर्गमिटर रहेको बैंकले जनाएको छ। यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो।

Kamana Sewa

त्यस्तै बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरु बिक्री गर्न लागेको हो। यी कित्ताको क्षेत्रफल क्रमश ५५.६३, ५९.९०, १०१.३७, ८.२०, २३८.४७, २३८.४७, र ५२७.६६ वर्गमिटर गरी कुल १२ सय २९ दशमलव ७० वर्गमिटर रहेको बैंकले जनाएको छ। यो क्षेत्रफल रोपनीको हिसाबले २ रोपनी, ६ आना, २ पैसा, ३ दाम हो।

Classic Tech Desktop

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो । इच्छुक खरिदकर्ताले जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थित कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ ।

प्रतिकृया