• २१ असोज २०८३, बुधबार
  • ७ः११ बिहान

तोकेको मितिमै निर्वाचन हुने, सूर्य चिन्ह हाम्रै हो: सुवासचन्द्र नेम्वाङ

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०१:०४

काठमाडौं: पूर्वसभामुख तथा नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले तोकेको मितिमै निर्वाचन हुने र पार्टीको आधिकारिकता आफूहरुले नै पाउने दाबी गरेका छन्।

National Life

बिहीबार गृहजिल्ला इलाममा नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकता र सूर्य चिन्ह पनि आफूहरुले नै पाउने भन्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्णयलाई नै सदर गरी सर्वोच्च अदालतको निर्णय आउनेमा विश्वस्त रहेको बताउँदै नेम्बाङले प्रतिनिधिसभा पुनःस्थापित नहुने संकेत गरे।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचनमा नजाने भन्नु प्रतिगमन हो भन्दै नेम्बाङले यो समय जनतामा जानु उपयुक्त रहेको र यतिबेला चुनाव हुँदैन भनेर सत्ता हत्याउन खोज्नु चाहीं प्रतिगमन हुने उल्लेख गरे।

अहिलेको सरकार काम चलाउन नभएको उनको दाबी थियो। जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेकोसमेत नेम्बाङको आरोप छ।

दुई प्रतिनिध सभा निर्वाचन क्षेत्रसहित १० स्थानीय तह रहेको इलाममा लामो समयदेखि निर्बाचन क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र नं २ बाट सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरिहेका छन्। नेम्बाङ र खनाल नेकपाको बेग्ला बेग्लै पक्षमा उभिएका छन्।

प्रतिकृया