• २१ असोज २०८३, बुधबार
  • ४ः५६ बिहान

कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन: डा.शिवमाया

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०४:५५

काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उद्घाटन गरेका छन्।

National Life

मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गरेको हो। कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापी जस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिए।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहो¥याउँदै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह समेत गरेका छन्। आयोगको काममा जनप्रतिनिधिहरु समेत जोडिएकाले उनीहरुलाई ऐनअनुसार जिम्मेवार भएर काम गर्न अपिल गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया