• २१ असोज २०८३, बुधबार
  • ४ः४८ बिहान

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसके सडक आन्दोलनमा उत्रिने: पार्वत गुरुङ

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०४:३३

काठमाडौं: संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसके पत्रकारहरुसँगै आफू स्वयम सडक आन्दोलनमा उत्रिने बताएका छन्।

National Life

बुधबार काठमाडौंमा भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ, यसका लागि महासंघ सक्रिय हुनुपर्छ, यदि ऐन कार्यान्वयन नआए आफैं सडकमा आउन तयार छु। आफू मन्त्री भएपछि मिडिया मालिक भन्दा पहिले श्रमजिवी पत्रकारहरुका तर्फबाट पत्रकार महासंघसँग संवाद गरेको बताउँदै उनले प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारका पक्षमा आफू प्रतिबद्ध रहेको बताए।

मन्त्री गुरुङले संचारमाध्यमहरुलाई प्रदान गरिदै आएको लोककल्याणकारी विज्ञापनलाई पनि समावेशी बनाउँदै अनलाइन संचारमाध्यम र केवल टिभीलाई समेट्ने बताए। उनले अनलाइन नवीकरण गर्ने सवालमा आर्थिक बर्षको जुनसुकै बेला नवीकरणको प्रावधान मिलाइने बताए। मस्यौदाका रुपमा तयार हुँदै गरेको सामाजिक संजाल व्यवस्वथापन निर्देशिका नियन्त्रणमूखी नभइ नियमन गर्ने किसिमको हुने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

सरकार अधिनायकवादी बन्यो, निरंकुश बन्यो र जनताको अहितमा छ भनेर भइरहेको प्रचार गलत भएको बताउँदै उनले नेपाली पत्रकारहरुले अब कहिल्यै आन्दोलन गर्नु नपर्ने जिकिर गरे । महासंघ अब रुपान्तरित हुनुपर्ने र सत्तापक्ष र प्रतिपक्ष बन्नु नहुने उनको सुझाव थियो ।

प्रतिकृया