• ४ साउन २०८३, सोमबार
  • २:४० बिहान

‘प्रेमगीत ३’ निर्माण हुने घोषणा

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ११:२२

चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को तेश्रो सिरिज ‘प्रेमगीत ३’ निर्माण हुने घोषणा भएदेखि नै यस फिल्मका लागि धमाधम कलाकारहरुको खोजी भइरहेको छ । ‘प्रेमगीत’ को अघिल्लो दुई सिरिजमा प्रेमको भूमिकामा रहेका प्रदीप खड्का फेरि पनि प्रेमको भूमिकामा फाइनल भएका छन् ।

गीतको भूमिकाको लागि नयाँ अनुहार लिने निर्णय गरेका निर्माता सन्तोष सेनले केही हप्ताअगाडि एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले ‘गीत’को भूमिकाको लागि अडिसनको आह्वान गरिएको थियो ।

Kamana Sewa

बिहीवारबाट अडिसनको मिति सकिएपछि २ हजार ७ सय १४ जनाले गीत’ को क्यारेक्टरका लागि आवेदन दिएको निर्माता सेनले बताएका छन् । निर्माता सेन, निर्देशक छेतेन गुरुङ, सिनेमाटोग्राफर राजेश श्रेष्ठलगायतको क्रिएटिभ टिमले ति मध्येबाट उत्कृष्ट २५ जनालाई अडिसनका लागि छनोट गरेका थिए ।

Classic Tech Desktop

उत्कृष्ट २५ भित्र पर्न सफल भएकामध्ये ६ युवती परिचित अनुहार भएपनि बाँकी १९ भने विल्कुलै नयाँ अनुहार रहेका छन् । आउँदो आइतबारबाट उत्कृष्ट २५ मध्येबाट ‘गीत’ को भूमिकाका लागि अभिनेत्री छनोट प्रक्रिया सुरु हुने सन्तोषले बताएका छन् ।

तर, अडिसन नहुँदै फिल्ममा चर्चित मोडल अञ्जली अधिकारी छानिएको चर्चा हुन थालिएको छ । ‘बोल माया’ बोलको भिडियोबाट चर्चामा आउन सफल भएकी अञ्जलीको हालै अभिनित नयाँ भिडियो ‘गलबन्दी’ अहिले युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ ।

तर, यस कुरामा कुनै पनि सत्यता नभएको निर्माण टिमले बताएका छन् । आशुसेन फिल्मसले यसअघि पनि फिल्म ‘प्रेमगीत’को लागि अभिनेता प्रदीप खड्कालाई पनि अडिसनमार्फत नै छनौट गरेको हो । नयाँ वर्षको छेको पारेर चलचित्रलाई चैत्र २८ गते प्रदर्शनमा ल्याउन लागिएको हो ।

अडिसनमार्फत उत्कृष्ट २५ जना छानिएका मध्येबाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकजनालाई ‘गीत’को भूमिकामा छानिने भएको छ ।

प्रतिकृया