हङ्गेरी डुङ्गा दुर्घटना : ७ को मृत्यु, १९ बेपत्ता
प्रकाशित मिति
२०७६ जेष्ठ १६ गते, बिहीबार ११:१९
हङ्गेरीको राजधानी बुडापेस्टस्थित एक नदीमा एउटा डुङ्गा पल्टिँदा १९ जना बेपत्ता भएका तथा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
सो डुङ्गामा ३३ जना सवार थिए। तीमध्ये अधिकांश दक्षिण कोरियाबाट आएका पर्यटक भएकोे एक संस्थाले उल्लेख गरेको छ। स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो।
सो दुईतले डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिन्थ्यो । बुडापेस्ट जाने पर्यटकहरूका लागि उक्त नदी आकर्षणको केन्द्र मानिन्छ। ठूलो वर्षा भएका कारण नदीमा पानीको सतह बढेको र नदीको धार पनि शक्तिशाली भएको थियो।
दक्षिण कोरियाको विदेश मन्त्रालयले दुर्घटनामा आफ्ना १९ नागरिक हराइरहेको पुष्टि गरेको छ। उसले एउटा सरकारी टोली हङ्गेरी पठाउने योजना भएको बताएको छ।

डुङ्गामा भएका अधिकांश पर्यटक एशियाली भएको बताइएको छ । नदीमा बिहीवार पूर्वाह्ण खोज तथा उद्धार अभियान चलाइएको छ।
हराएका व्यक्तिहरूलाई नदीले बगाएर अझ तल र्पुयाउने र जीवितै उद्धार गर्न सकिने सम्भावना कम हुने उद्धारकर्ताहरूले बताएको बिबिसिले जनाएको छ ।





प्रतिकृया