• १४ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

वैवाहिक वर्षगाँठमा झाक्रीलाई केपीको उपहार: गिरफ्तार

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०२:०८

काठमाडौं: गोरखामा भएको एक राजनीतिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा गरेको टिप्पणीलाई लिएर नेकपा नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार प्रहरीले पक्राउ पूर्जी जारी गर्दै उनलाई उनकै निवासबाट पक्राउ गरेको हो।

National Life

रामकुमारी झाक्रीको आज ११ औँ वर्षगाँठ हो। उनले बिहान मात्रै आफ्नो फेसबुकमा श्रीमान् पशुपति पुरीलाई वर्षगाँठको शुभकामना दिएकी थिइन्। उनको लागि माघ २९ विशेष दिन थियो। उनले जीवन सोचेझैँ हुन्न भन्ने थाहा भएपनि श्रीमान् जीवनमा आएपछि जीवन आहा भएको उल्लेख गरेकी थिइन्।

‘प्रहरीले मेरो घरको जाली ढोकामा ढ्याप्प हान्यो। मलाई लाग्यो, व्यवस्था नै गइसकेछ कि क्या हो।’ व्यक्तिगत जीवनमा उनको लागि खास यो दिनमा उनलाई पक्राउ गर्नको लागि प्रहरी घरमा नै आएको छ। उनले प्रहरी घरमा आएपछि ‘कानुनको पालना गर्दै आफै गिरफ्तारी दिएको’ घोषणा गरेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया