• १४ असोज २०८३, बुधबार
  • ८ः५७ बिहान

रामकुमारी झाँक्रीलाई राज्य विरुद्धको कसुरमा गिरफ्तार

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०१:५०

काठमाडौं: प्रहरीले नेकपा (प्रचण्ड–नेपाल) की नेतृ रामकुमारी झाँक्रीलाई राज्य विरुद्धको कसुरमा पक्राउ गरेको छ।

National Life

मुलुकी अपराध संहिताको धारा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ। धारा ५८ को उपदफा १ का अनुसार कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन भन्ने उल्लेख छ ।

उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तर झाँक्रीको पक्राउ कानून सम्मत देखिएको छैन । मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को दफा ५८ अनुसार कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु पूर्व अपराध महाशाखाले मुद्दा हर्ने अदालतसँग अनुमति लिनु पर्छ ।

तर प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई पक्राउ गर्नु पूर्व जिल्ला अदालत काठमाडौँसँग अनुमति लिएको छैन । जिल्ला अदालत काठमाडौँका श्रेष्ठेदार भीमबहादुर निरौलाका अनुसार उनलाई पक्राउ गर्न प्रहरीको कुनै निकायबाट अनुमति लिनको लागि निवेदन परेको छैन।’

कानून अनुसार प्रहरीले अदालतको अनुमति नलिइकन तत्काल पक्राउ गर्नुपर्ने मुद्दाहरु हुन्छन्, जसमा पक्राउ गर्नुपर्ने व्यक्ति देश छोडेर भाग्ने, अवस्था रहनुपर्छ।

गिरफ्तारी दिनुअघि नेतृ झाँक्रीले संविधान लोकतन्त्र र जनताको शासनको रक्षाका लागि आन्दोलिन हुने क्रममा व्यवक्त गरेका विचारहरुका आधारमा केपी ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको बताइन् ।

नेतृ झाँक्रीले सम्बोधन गर्दै भनिन्, ‘हामीले कहिले नखोसिने लोकतन्त्रका लागि लडेका थियौँ । धेरै कुरा पायौँ भन्ने लागेको थियो। तर आफू नै आवद्ध पार्टीका नेताको तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्दा यो उपहार पाएँ।’

उनले भनेकी छन्,‘तीन वर्ष पहिले कम्युनिष्ट पार्टीले बहुमत ल्याएको थियो। जुन सरकार बनाउने संसदीय दलको म सदस्य थिएँ, आज त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको असंवैधानिक आक्रमणबाट भएको प्रतिगमनको विरोध गर्दा व्यक्त विचारका आधारमा ममाथि राज्य विरुद्धको कसुर लगाइयो।’

प्रतिकृया