भिजिट भिसामा यूएईमा कामगर्न नआउनू- दूतावास
प्रकाशित मिति
२०७७ माघ २९ गते, बिहीबार ०८:२४
काठमाडौं – संयुक्त अरब ईमिरेट्स यूएई स्थित नेपाली दूतावासले आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसाामा यूएई नआउन पुनः आग्रह गरेको छ ।
विज्ञप्ति जारी गर्दै दूतावासले वैदेशिक रोजगार ऐन अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने भन्दै कसैको ललाईफकाई वा आश्वासनमा परेर जाँदा रोजगारी नपाएर अलपत्र परी विभिन्न समस्यामा पर्ने गरेको बताएको छ ।
श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदार कार्यस्थलमा दुर्घटना वा मृत्यु भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट सहयोग र उद्धार हुने तर भिजिट भिसामा गएर काम नपाएमा रोजगारदाता कम्पनीलाई उत्तरदायी बनाउन नसकिने भन्दै दूतावासले भिजिट भिसामा लैजानेहरुले ठगी गर्ने, यूएई लगेपछि अलपत्र छोडिदिने वा नेपाल सरकारले वैदेशिक रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा पठाउने भएकाले मानव तस्करहरुको सञ्जालमासमेत पर्नसक्ने भन्दै सचेत गराएको छ ।
दूतावासले नेपाली कामदारका लागि आउने मागपत्र प्रमाणीकरणमा ढिलाई गरेपछि एजेन्टहरुले संस्थागतरुपमा वैदेशिक रोजगारीमा जान ढिला हुने र स्वतन्त्ररुपमा काम गर्न समेत नपाइने भन्दै भिजिट भिसामा पठाउने गरेको समाचार पटक–पटक सार्वजनिक हुँदै आएको छ ।







प्रतिकृया