• ११ असोज २०८३, आइतबार
  • २ः०९ राती

ला लिगामा रियल मड्रिड विजयी

प्रकाशित मिति

२०७७ माघ २८ गते, बुधबार ०१:३६

काठमाडौं: स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल मड्रिड विजयी भएको छ।

National Life

साविक विजेता रियल मड्रिडले आफ्नो घरेलु मैदानमा गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएदा रियल मड्रिडलाई अग्रता दिलाउन दोस्रो हाफको १० औं मिनटमा करिम बेन्जिमाले गोल गरे।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसको ६ मिनट पछी फर्लान्ड मेन्डीले रियल मड्रिडका लागी थप एक गोल गर्दै रियल मड्रिडलाई २-० को जित दिलाए।

जितसंगै रियल लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उस्ले २२ खेलमा ४६ अंक जोडेको छ।

यस्तै २४ अंक जोडेको गेटाफे तालिकाको १३ औं स्थानमा रहेको छ।

 

प्रतिकृया