• १० असोज २०८३, शनिबार
  • ९ः१३ राती

५१ हजार राशीको कवें स्मृति कप फुटसल प्रतियोगिताको उपाधी नर्थ प्वाइन्टलाई

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०४:१८

काठमाडौं : नगद रु. ५१ हजार राशीको पुरस्कारसहित प्रथम खुल्ला स्व.गणेशकुमार कवें स्मृति कप फुटसल प्रतियोगिताको उपाधी नर्थ प्वाइन्ट फुटसलले हात पारेको छ । मध्यपुरथिमि नगरपालिका बोडेमा स्मृति कप आयोजक समितिले माघ २३ र २४ गते आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा पारुहाङ फुटसल क्लबलाई पछाडि पार्दै नर्थ प्वाइन्टले नगद पुरस्कारसहित ट्रफि, प्रमाणपत्र हात पारेको हो।

National Life

त्यसैगरी प्रतियोगितामा दोश्रो हुने पारुहाङ फुटसल क्लबले नगद रु. २५ हजार पाँच राशीको पुरस्कारसहित ट्रफि, प्रमाणपत्र र तेश्रो हुने तीर्थ मल्ल फुटसल क्लबले नगद रु. १० हजार पाँचसहित ट्रफि, प्रमाणपत्र हात पारेको छ । कूल २४ वटा टिम सहभागि रहेको प्रतियोगितामा सान्त्वना पुरस्कार नर्थ प्वाइन्ट मर्निङ् टिम, उत्कृष्ट खेलाडी नर्थ प्वाइन्टका नर्थ प्वाइन्ट फुटसलका सरोज तामाङ्, उत्कृष्ठ गोलकिपर पारुहाङ फुटसल क्लबका आकाश मल्ल घोषित भए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले विजेता टोली तथा खेलाडीलाई नगद पुरस्कार, ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले नेपालमा खेलकुदको विकास हुदै जादा खेलबाटै खेलाडीलाई आत्मानिर्भर हुने अबस्थाको सृजना हुनुपर्ने बताएका छन्। उनले खेलले शारीरिक, मानसिक सन्तुलन कायम गर्ने मात्र नभई देश कै नाम उच्च राख्ने भएकाले युवा वर्गलाई खेलप्रति आकर्षिक गर्नुपर्नेमा जोड समेत दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस अवसरमा एन्फाका अध्यक्ष कर्मा छिरिङ् शेर्पाले गाउँ गाउँबाट खेलको विकास गर्दै लैजानु पर्नेमा जोड दिदै स्थानीय सरकारले पनि खेलकुदमा लगानी बढाउनु पर्ने जनाए।
कार्यक्रममा कांग्रेसका युवा नेता गुरुराज घिमिरे, एन्फाका उपाध्यक्ष पूर्वकप्तान उपेन्द्रमान सिंह, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ लगायतले सरकारले खेलकुदको विकासमा चासो बढाउनु पर्नेमा जोड दिए।

नेपाली कांग्रेसका युवा नेता अष्टकुमार कवेंले आफ्नो पिता एवं नेपाली कांग्रेसका नेता, समाजसेवी स्व. गणेशकुमार कवेंको स्मृतिका प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि कूल रु. २ लाख ५० हजार खर्च भएको र उक्त रकम अष्ट कवेबाट प्राप्त भएको दिलकृष्ण प्रजापतिले जानकारी दिएका छन्।

प्रतिकृया