• १० असोज २०८३, शनिबार
  • ९ः१३ राती

लाइसेन्सको ट्रायल फेल भएकाले अब १८ महिनासम्म मौका पाउने

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०३:२१

काठमाडौं:  यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ । विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर अधिकतम १८ महिना पुर्याएको हो।

National Life

आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।

कोभिड–१९ का कारण लामो समयदेखि लिखित परीक्षा पास गरेर ट्रायल परीक्षाका लागि रोकिरहेका सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर विभागले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता समेत रहेका निर्देशक डा.लोकनाथ भूसालले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

विभागबाट भएको उक्त निर्णयअनुसारका मातहतका यातायातका कार्यालयहरुलाई सोही व्यवस्थाअनुसार कार्यान्वयन गर्न समेत अनुरोध गरिसकिएको भूसालको भनाई छ । योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् ।

प्रतिकृया