• १७ असोज २०८३, शनिबार
  • २ः२४ राती

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभन

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०३:२५

काठमाडौं: नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २१ गतेको निर्णयअनुसार जनपद तथा प्राविधिक प्रहरीतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेको हो ।

National Life

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा १५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृतहरु रहेका छन्।
साथै सोही मितिको निर्णय अनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १ जना हाल सुडान डार्फरस्थित एफपियु मिसनमा कार्यरत रहेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन गर्दै थप सजगता र सतर्कता अपनाउदै कार्य सम्पादन गर्न निर्देशन दिए। नेपाल सरकारद्वारा घोषित निर्वाचन प्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा उनीले जोड दिए।
नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आचरण एवम् व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

संगठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारीहरु पदिय दायित्व अनुसार एक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उनीले जोड दिए।
उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ऋषिराम कंडेलले संगठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव एक्यबद्ध भई नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन्।
सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिकृया