• १४ असोज २०८३, बुधबार
  • ४ः४३ बेलुका

उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०१:२६

काठमाडौं: अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले जानकारी दिएका छन्।

National Life

यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ। तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाएको छ। तालिबान लडाकू ५ सहित ९ जना घाइते भएका पनि साफीले जनाए।

सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए। उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकूको मृत्यु भएको पुष्टि गर्नु भएको छ। तालिबान लडाकू समूहले भने यस झडप र हताहतको कुनै टिप्पणी गरेका छैनन् ।एजेन्सी

प्रतिकृया