• १४ असोज २०८३, बुधबार
  • ५ः१३ बेलुका

गायिका अञ्जु पन्त र सङगीतकार थिर कोइराला बिहे गर्दै

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०१:४२

काठमाडौं: गायिका अञ्जु पन्त र सङगीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ। थिरले आफूहरु एक बर्षदेखि प्रेममा रहेको र अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको समेत जनाएका छन्।

National Life

उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको जनाए। उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।

प्रतिकृया