• १९ असोज २०८३, सोमबार
  • ११ः२२ बिहान

प्रधानसेनापतिले गरे एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनारको शुभारम्भ

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०६:२३

काठमाडौं: एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनारको शुभारम्भ भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डप हलमा विशेष कार्यक्रमकाबीच दीप प्रज्वलन गरी एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार २०७७ को समुद्घा्टन गरेका हुन्।

National Life

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन २०७५ मा उल्लेख भए अनुसार इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्य सहित एकीकरण मार्ग कार्यक्रमको शुभारम्भ भएको हो ।

आज बिहीबारबाट सुरू भएको उक्त तीनदिने सेमिनार आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट समापन हुने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु गरेको कार्यक्रम अन्तर्गत गतवर्ष देखि नेपाल सरकारको नीति तथा कार्यक्रमको रुपमा निरन्तरता पाइरहेको छ ।

सेनाको इतिहास र संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, सरोकारवाला मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत तथा व्यक्तिगत तवरबाट सक्रिय सहयोग प्राप्त हुनुले सबै सरोकारवालाहरुले यस कार्यक्रमको उत्साहजनक रुपमा अपनत्व लिएको पाइएको छ ।

एकीकरण मार्ग कार्यक्रमबाट प्राप्त हुने प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माणको लागि साझा बुझाईको निर्माण, ऐक्यबद्ध एवं समन्वयात्मक प्रयास हुनुको साथै राष्ट्रिय एकताको प्रबर्द्धनमा सहयोग पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिकृया