• २० असोज २०८३, मंगलबार
  • ३ः५५ दिउँसो

भर्खरै आइपिओ जारी गरेको इन्फ्रास्टक्चर बैंकको नाफा घट्यो

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०५:१६

काठमाडौं: हात खाली नगराउने आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ। बैंकले साढे १२ प्रतिशतले नाफा घटेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेर ३५ करोड २२ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष बैंकले ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो।

National Life

सञ्चालन नाफा पनि १२.३१ प्रतिशतले घटेर ५० करोड ३५ लाख ७६ हजार रुपैयाँमा आएको छ। अघिल्लो वर्ष बैंकले ५७ करोड ४३ लाख २० हजार रुपैयाँ कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले नाफा खुम्चिएको हो। खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष बैंकले ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी पनि ८४ पैसाले घटेर ५ रुपैयाँ ८७ पैसा कायम भएको छ। अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा थियो। पुस मसान्तसम्म १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले भर्खरै आइपीओ जारी गरेको हो। आइपीओ जारी पछि पुँजी २० अर्ब रुपैयाँ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया