• २० असोज २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

चन्द्रागिरी हिल्सको शेयर आइतबारदेखि कारोबारमा आउन सक्ने

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०५:०९

काठमाडौं- चन्द्रगिरी हिल्सको शेयर लिस्टिङ्ग प्रकृया अन्तिम चरणमा पुगेको छ । हिल्सको शेयर लिस्टिङ्गको सबै प्रकिया सकिएर सम्झौता हुन मात्रै बाकी भएको शेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटलले जनाएको छ ।

National Life

कार्यक्रमले सुचिकरण सम्झौतामा असर नगरेमा आइतबारदेखि नै कम्पनीको शेयर कारोबार हुने जनाइएको छ । शुक्रबारसम्ममा सुचीकरण सम्झौता भएमा कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउने भएको छ ।

हिल्सले पुस २४ गते देखि २८ गतेसम्म आवेदन दिन सकिने गरेर १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको शेयर निष्कासन तथा बिक्रि खुला गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

१५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको कुल शेयरमध्ये ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्टाइएको थियो ।

कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आवेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता आवेदन परेको थियो ।

प्रतिकृया