• ९ असोज २०८३, शुक्रबार
  • १२ः५८ दिउँसो

दल दर्ताको तयारीमा निर्वाचन आयोग

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०६:३६

काठमाडौं, माघ १७। निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।

National Life

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाचनका लागि आवश्यक पर्ने काम अघि बढाउनुपर्ने भएकाले आयोगले दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।

‘निर्वाचनमा भाग लिन चाहने दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न पनि आयोगले अब दल दर्तालगायतका काम अघि बढाउनुपर्छ । दल दर्ता गर्न आयोगले आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गर्दै छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले हाल आचारसंहिताको मस्यौदासमेत बनाइरहेको छ । यस्तै अर्थ मन्त्रालयसँग निर्वाचनका लागि बजेट माग गर्न आयोग तयारी अवस्थामा पुगेको छ ।

यसैगरी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनको काममा समेत आयोग अघि बढिरहेको छ भने आयोगले बिहीबारबाट देशभरका स्थानीय तहका केन्द्रमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन भन्दै मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको छ । राजधानी दैनिकबाट

 

प्रतिकृया