• ७ असोज २०८३, बुधबार
  • ८ः५१ राती

एनसीसी बैंकद्वारा ६१ करोड नाफा

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ०५:१५

काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक लिमिटेडले दोस्रो त्रैमाससम्ममा ६१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको तुलनामा १९।८२ प्रतिशतले कम हो । यहि अवधिमा अघिल्लो वर्ष बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

National Life

वितरण योग्य मुनाफा ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले संचालन मुनाफामात्र ८५ करोड ६० लाख रुपैयाँ आर्जन गरेपनि १९।२० प्रतिशतले कम हो । अघिल्लो वर्ष संचालन नाफामात्र १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत वर्ष बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको थियो भने सोही अवधिमा १ अर्ब ४४ करोड खुद ब्याज आर्जन गरेको हो । बैंकले चालु आवको त्रैमाससम्ममा ७७ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको छ भने ९७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया