• ७ असोज २०८३, बुधबार
  • ११ः१० राती

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्कमा २४.८६५को बृद्धि, बीमा कोष २६ अर्ब नाघ्यो

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ०५:२५

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्कमा २४.८६५को बृद्धि भएको छ । कम्पनीको ३२औं वार्षिक साधारण सभाले सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु८०५.०५करोड पुगेको र रु३५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

National Life

३२ औं वार्षिक साधारण सभाले आ.व.२०७५ र ०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर वापतको कर प्रयोजनको लागि रु।१,६२,२४,३५१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, आ.व २०७५र७६को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४प्रतिशतले बृद्धि भई रु२,६८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्तसम्ममा रु २६ अर्ब ९२ करोड पुगेको सभामार्फत जानकारी दिइएको छ । कम्पनीले सो आ।व।मा रु। २६९ करोड कुल दावी भुक्तानी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनी पुँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कुल चुक्ता पुँजी रु३ अर्ब ३९ करोड नाघेको छ । कम्पनीको आ.व २०७५र०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरेको छ ।

आ.व. २०७५र०७६ मा २५ वटा नयाँ शाखा खोल्न स्विकृती प्राप्त गरी कुल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले ब्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिने जनाएको छ ।

 

प्रतिकृया