• ८ असोज २०८३, बिहीबार
  • ३ः३५ राती

डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने :मन्त्री गुरुङल

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ११:००

काठमाण्डौँः सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्तगर्नु भएको छ ।

National Life

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढाउनुपर्ने भएकाले पनि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रहगर्नु भयो ।

“सूचना र प्रविधिको क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रहरुसँग प्रतिस्पर्धा गरेर अघि बढनुुको विकल्प छैन” सोमबार मन्त्रालयले आयोजना गरेको डिजिटल नेपालफ्रेमवर्क सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नु भयो,“सूचनार प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।”
मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले त्यसका लागि पनि उपयुक्त वातावरण बनाई दिने काममा सरकारलाई सहयोग गर्न विज्ञहरुलाई अनुरोध गर्नु भयो ।

मन्त्री गुरुङले एपलञ्च गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको पनि पटक पटक दोहो¥याउनु भयो । उहाँले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुु¥याएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तयार रहेको बताउनु भएको थियो भने विज्ञहरुले सूचना प्रविधिको विकासका लागि कानुनी, नीतिगत र लगानी मैंत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिकृया