• ९ असोज २०८३, शुक्रबार
  • ३ः३३ दिउँसो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०९:०९

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

National Life

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने नेताहरूले बताइएको छ ।

साथै कांग्रेसको १४ औं महाधिवेशनबारे पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै प्रदेशहरूमा पार्टी सरकारमा जाने वा नजाने भन्ने पनि केन्द्रीय समितिमा छलफलको विषय छ ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले दुई चरणका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिकृया