• ११ असोज २०८३, आइतबार
  • २ः२५ राती

विवाहमा यस्तो देखिए अभिनेता वरुण धवन

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०१:५१

मुम्बई: बलिउड अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलालको आइतबार विवाह भएको छ। हिन्दु संस्कृति अनुसार, वरुण र नताशाको विवाह अलिबागस्थित ‘द म्यान्सन हाउस रिसोर्ट’ मा भएको हो।

National Life

वरुणले इन्स्टाग्राममा नतासासँगको विवाहको फोटो सेयर गर्दै लेखेका छन्, ‘उनी मेरी आधिकारिक रुपमा जीवनभरको साथी भइन्।’

भारतीय अखबर प्रेस ट्रस्ट अफ इन्डिया, पिटिआइका अनुसार विवाहमा दुवै पक्षका परिवार र नजिकका साथीहरू उपस्थित भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका थिए।हालैमात्र पनि उनले करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’मा नताशासँगको सम्बन्धबारे बोल्दै कसरी उनीहरूको प्रेम सम्बन्ध गाँसियो भनेर बताएका थिए। जसमा वरुणले भनेका थिए, ‘नताशाले मेरो प्रेम प्रस्ताव ३-४ पटक अस्वीकार गरिन्। तर मैले हार मानिनँ। आस मारिनँ।’

वरुणले नताशालाई पहिलो पटक ६ कक्षामा हुँदा भेटेको थिए। वरुण र नताशा मुम्बईस्थित मनेक्जी कुपर एडुकेसन ट्रस्ट स्कुल जान्थे। ११-१२ पढ्दासम्म उनीहरू मिल्ने साथी भए। पछि वरुणले नताशालाई प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकारिनन्।

वरुणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए।

वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन्। यो जोडी बिहे गर्ने तयारीमा रहेको हल्ला अघिल्लो वर्ष खुबै चलेको थियो। यस विषयमा नताशाले त्यसबेला ‘हेल्लो म्याग इन्डिया’ लाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘विवाह त गर्ने हो, तर अहिले नै होइन।’

नता‍शाले यसो भनेको झन्डै वर्षदिन पछि उनीहरूको लगन गाँठो सन् २०२१ को जनवरी २४ मा गाँसिएको छ। एजेन्सी

प्रतिकृया