• ११ असोज २०८३, आइतबार
  • २ः०४ राती

बालुवाटारबाट कृष्ण पहाडीसहित २६ अधिकारीकर्मी पक्राउ

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०२:५७

काठमाडौंः बालुवाटारमा प्रदर्शन गरेका अधिकारकर्मी कृष्ण पहाडीसहित २६ अधिकारीकर्मी पक्राउ परेका छन्।

National Life

संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित गर्न अभिव्यक्ति दिएको विरोधमा बालुवाटारमा पुगेका शान्ति समाजका पदाधिकारी पक्राउ परेका हुन् ।

संसद् विघटनको विरोधमा शान्ति समाजको अगुवाइमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

अधिकारीकर्मी पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जनाएको छ। उनीहरुले नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रतिकृया