• ११ असोज २०८३, आइतबार
  • २ः४३ राती

महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०१:३३

काठमाडौं: महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

National Life

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोमबार बिहान ना८ख ९८० नम्बरको टिपरले ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

टिपरको ठक्करले मोटरसाइकलमा सवार बलुवा नगरपालिका-९ का १८ वर्षीय प्रमोद राम चमार र पछाडि बसेका औरही नगरपालिका-४का १५ वर्षीय गुड्डु नदाफको मृत्यु भएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहान ९ बजे सम्सीबाट गौशालातर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो। औरही नगरपालिका-४ स्थित सडकमा टिपरले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। यो पूर्व-पश्चिम राजमार्गसँग जोडिएको भित्री सडक हो।

घटनास्थलबाट शव उठ्न सकेको छैन। स्थानीयले सडक अवरुद्ध पारेर आन्दोलन थालेपछि शव र टिपर सडकमै रहेको विष्टले बताए। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया