‘नेपालमा राजतन्त्र ल्याउनुपर्छ, हृदयेन्द्र उपयुक्त पात्र’: भारतका पूर्व अतिरिक्त सचिव एस रमेश
प्रकाशित मिति
२०७७ माघ ११ गते, आईतवार १०:१६
काठमाडौंः भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् ।
उनले नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा नयाँ विकल्पको खोजीमा लाग्नुपर्ने सुझाव दिदै यस्तो बताएका हुन् ।
‘टेलिग्राफ इन्डिया डटकम’मा प्रकाशित लेखमा उनले गिरिजा प्रसादले ‘बेबी किङ’ का रुपमा अघि सारेका हृदयेन्द्रलाई राजाको रुपमा अघि सार्न सकिने समेत उल्लेख गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह सर्वसाधारणको जीवन निर्वाह गरिरहेको र पूर्व युवराज पारस शाह उपयुक्त पात्र नभएकले हृदयेन्द्र उपयुक्त पात्र रहेको रमेशको ठम्याइ छ । हुदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग राम्रो सम्बन्ध पनि भएको उनको लेखमा उल्लेख छ ।
नेपालमा राजतन्त्रको मागसहित भएको आन्दोलनलाई भारतले रोक्न नहुने सुझाव समते उनले दिएक छन् ।






प्रतिकृया