• ९ असोज २०८३, शुक्रबार
  • ७ः५७ बेलुका

करको मारमा विद्युतीय सवारीसाधनः आयात ८८ प्रतिशतले खुम्चियो

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०९:२२

काठमाडौं: कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।

National Life

चालु आर्थिक वर्षको पाँच महिनामा विद्युतीय सवारीसाधन आयात गत आवको सोही अवधिमा भन्दा करिब ८८ प्रतिशतले घटेको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधन खरिदमा क्षमताका आधारमा ३० देखि ८० प्रतिशतसम्म भन्सार महशुल र ४० प्रतिशतसम्म अन्तःशुल्क लगाएका थिए। त्यसअघि विद्युतीय निजी सवारीसाधन खरिदमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्थ्यो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३७ वटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आवको यही अवधिमा ३ सय १५ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। चालु आवको पाँच महिनाको आयात गत वर्षको भन्दा ८८.२५ प्रतिशतले कमी हो।

Classic Tech Mobile
Classic Tech Desktop

चालु आवको बजेट सार्वजनिक गरेका अर्थमन्त्री खतिवडाको सरकारबाट बर्हिगमनसँगै नयाँ अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधनको अन्तःशुल्क तथा भन्सार महशुल केही घटाएका छन्। यसपछि छिटफुट रुपमा विद्युतीय सवारीसाधन आयात हुन थालेको छ।नागरिक दैनिकबाट

प्रतिकृया