• ९ असोज २०८३, शुक्रबार
  • ७ः१४ बिहान

भक्तपुरबाट बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०९:०८

रामेछापः रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।

बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको हो ।

बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् ।

रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ ।

प्रतिकृया