• २९ भदौ २०८३, सोमबार
  • ३ः२६ दिउँसो

चितवन निकुञ्जमा १८ महिने ‘केटो’ र भाले गैंडा मृत भेटिए

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार ११:४६

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएका छन्।

National Life

गत बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो(गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।

अन्दाजी १८ महिनाको केटो र ३० वर्षको भाले गैंडा प्राकृतिक कारणले मरेको अनुमान निकुञ्जको छ।

Classic Tech Mobile
Classic Tech Desktop

केटोको ब्रम्हखाग र खुर तथा भाले गैंडाको खाग, खुर सुरक्षित रहेको अधिकारीले बताए।

यी दुईको मृत्युसँगै चितवन निकुञ्जमा यस आर्थिक वर्षमा २२ वटा गैंडा मरेका छन्।

ती मध्ये ४ वटा सिकारीले मारेका थिए।

यस वर्ष प्रकृतिक कारणले गैंडा मर्नेक्रम निकै बढेको छ।

प्रतिकृया