• ११ असोज २०८३, आइतबार
  • ४ः१५ बेलुका

श्रम सम्झौता र फ्रि भिसाको लागि राजदूत ढकालको आग्रह

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०५:३४

काठमाडौं -ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौता र फ्रि–भिसाका लागि ओमानसँग आग्रह गरेकी छन् । ओमानमा सम्पन्न उच्चस्तरीय कूटनैतिक भेटघाटका क्रममा राजदूतबाट उक्त आग्रह गरिएको ओमानस्थित नेपाली दूतावासले बताएको छ ।

National Life

मंगलबार राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई उनको कार्यकक्षमा भेटघाट गरेको र त्यसक्रममा नेपाल र ओमान सरकारबीच हुने तयारी भएको श्रम सम्झौता, पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता, ओमानले सयवटा देशलाई प्रदान गर्न लागेको फ्रि–भिसा सम्बन्धी, भिसा उन्मुक्ति सम्झौताको कार्यान्वयन तथा नेपाली दूतावासको भवन निर्माणको प्रगति लगायत विषयमा पछिल्लो अवस्थाका बारेमा जानकारी आदान–प्रदान भएको दूतावासले जानकारी दिएको छ ।

मंगलबार नै राजदूत ढकालले ओमानका नयाँ परराष्ट्रमन्त्री सइद बद्रबिन हमाद बिन हमुद अल बुसैदीले विदेशी राजदूतहरूका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएको दूतावासले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयले आयोजना गरेको मानव बेचविखनविरुद्धको अन्तरक्रियामा सहभागी भइ पीडित कामदारहरूका लागि साझा सेल्टरको व्यवस्था गर्न जोड दिएकी छन् ।

प्रतिकृया