• ९ असोज २०८३, शुक्रबार
  • ६ः३४ बेलुका

उद्योग व्यवसाय सञ्चालनमा सुधार

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०७:४५

काठमाडौं,  मुलुकमा कोरोना सङ्क्रमण सुरु भएकयता उद्योग व्यवसायको सञ्चालनको स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको छ ।

National Life

नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ का अनुसार २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखिएको छ ।

सर्वेक्षणले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन, कारोबार स्थिति सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड–१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नुका साथै नेपालले पनि महामारी रोकथामका लागि चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरू अवलम्बन गरेको थियो ।

कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैङ्कले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी, व्यवसायीहरूबाट तथ्याङ्क सङ्कलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो ।सर्वेक्षणले बन्दाबन्दीपछि औसतमा ६१.०३ प्रतिशत उद्योग, व्यवसाय सञ्चालन हुन नसकेका र ४.१ प्रतिशत उद्योग, व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो । नेपाल सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरू क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् ।

व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्याङ्क सङ्कलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।

सर्भेक्षणमा गत असारको तुलनामा उद्योग, व्यवसायीहरूले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न सकेको छैन । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग, व्यवसायले मङ्सिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया