जहाँ पीडित त्यहाँ तरुण दल
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ११:०८
नेपाल तरुण दल भक्तपुर जिल्ला कार्य समितिले चागुनारायण नगरपालिका वडा न ५ छालिङ निवासी अग्निपीडित लाई सहयोग गरेको छ । पीडित श्री बिष्णु दथ्येपुथे लाई नेपाल तरुण दल भक्तपुर जिल्ला कार्य समिती ,तथा समाजसेवी सुमन मोटर डाइभिङ प्रा लि , गुण सहकारी, नेपाली कांग्रेस नेता गण ,नेपाली कांग्रेस भक्तपुर जिल्ला सचीव श्री निशान डुङगेल तथा नेपाल तरुण दल भक्तपुर अध्यक्ष राजु थापाको उपस्थितिमा घर निमार्णका लागी जस्त्ता पाता सहयोग गरिएको छ ।

साथै नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सदस्य मनोज गिरि ले काठ उपलब्ध गराउनु भएको थियो ।
नेपाल तरुण दल भक्तपुर का प्रमुख सल्लाहकार सुनिल ठकुरि, नेपाल तरुण दल भक्तपुर सल्लाहकार ९माहधिबेसन प्रतिनिधि० राजाराम खड्का , नेपाली कांग्रेस भक्तपुर जिल्लाका आमन्त्रित जिल्ला सदस्य कृष्ण लाल भडेल, नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सदस्य शिबराम पुरी ,नेपाली कांग्रेस माहधिबेसन प्रतिनिधि सुरेश श्रेष्ठ , नेपाली कांग्रेस चागुनारायण नगर ५ नम्बर वडा सभापती भाइराजा बाटा, लागायत नेपाल तरुण दल भक्तपुर जिल्ला सदस्य राजु पुरी , सुशन प्रजापति , राजन न्यौपाने , सन्तोष शर्मा ,सुनिता खत्री , मन्दिरा बास्कोटा , राधाकृष्ण ढुङ्गाना, सुमन कार्की ,साथै नेपाल तरुण दल चागुनारायण नगर अध्यक्ष गोबिन्द थापा, नेपाल तरुण दल मध्यपुर नगर अध्यक्ष पुरुषोतम खड्का, नेपाल तरुण दल सुर्यविनायक नगर अध्यक्ष उमेश अधिकारी र चागुनारायण ५ नम्बर वडा अध्यक्ष सुरेश कार्की लगायतको सहभागिता मा सहयोग हस्तान्तरण गरिएको थियो ।

दथ्येपुथको घर आगो बाल्ने क्रममा एक्कासी आगलागी भएको थियो। आगलागी भएपछि स्थानियले तत्काल आगो नियन्त्रणमा लिएकाले अन्य मानविय क्षति हुन पाएन । यसैगरी चागुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ्ग दथेपुथे टोल ९गैडा गाऊ०का आगलागी पिडित परिवारलाई केहि सहयोग गर्न सम्पुर्ण आमाबाबु तथा दिदीबहिनी र दाजुभाइ हरुमा तरुण दल ले आग्रह गरेको छ ।
सेवा नै धर्म हो, पुण्य कमाउन मन्दिर जानु र्पदैन।




प्रतिकृया