भक्तपुर विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेको छ : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ११:०९
भक्तपुर । नेपाल कमयुनिष्ट पार्टी नेकपाका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेको बताउँदै आगामी दिनमा विकासबाट पछि पर्ने दिन समाप्त भएको बताउनुभएको छ।

लक्ष्मी टावर–पुरानोबाटो–निकोसेरा–गोखुँ हुँदै कृषी विकास तालिम केन्द्र बोडे जाने सडकको सडक विभागबाट ६ करोडको लागत तथा ढलको लागि दुई करोडको लागतमा आागमी कार्तिक मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको उक्त सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै जनताको तिव्र विकासको चाहनालाई पुरा गर्नेमा देशकै सवैभन्दा उत्कृष्ट भएको बताउनुभयो ।

उहाँले आफु निर्वा्चित भएको समयदेखि हालसम्म चुनावको दौरानमा जनता माझ गरेको प्रतिवद्धता करिव पुरा गरेको बताउँदै आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने परिस्थिती सिजर्ना हुने उहाँको भनाइृ छ ।
सांसद बस्नेतले भक्तपुरमा जनप्रतिनिधि तथा अविभावक विहिन हुने दिन समाप्त भएको बताउँदै वर्तमान निर्वा्चित जनप्रतिनिधि जहिले पनि जनताको घर दैलोमा हुने बताउनुभयो।
उहाँले भक्तपुरमा पहिले भएका सडक कालोपत्रे भइरहेको र नभएका ठाउँमा निर्माण कार्य तिव्र रुपमा अघि बढेको बताउँदै उत्तर दक्षिण जोड्ने लिङक रोडहरुको विकासलाई समेत तिव्रता दिइएको बताउनुभयो ।
उहाँले हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण कार्य समेत तिव्र गतिका सथ अघि बढिरहेको बताउँदै भक्तपुरमा वर्षाका कारण हुने डुवान तथा कोटेश्वर – जडिवुटीको सवारी जामलाई समेत न्युनिकरण गर्न करिडोर निर्माणको साथ साथै आवश्यक ठाउँ ठाउँमा पुल, ढल निर्माणका कार्यहरु तिव्र गतिका साथ अघि बढेको बताउनुभयो ।
उहाँले पेप्सीकोलादेखि नगरकोटसम्मको बैकल्पीक सडकको निर्माण कार्य भइरहेको जानकारी गराउनुभयो।




प्रतिकृया