• २० असोज २०८३, मंगलबार
  • ४ः४८ बेलुका

नैसर्गिक अधिकारबाट कोही पनि बञ्चित हुनु नहुने : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:२२

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा कुनै पनि बहानामा विकास र समृद्धि पछि पर्नु नहुने भन्दै जनताको गास, वास, कपास, स्थास्थ्य लगायतका नैसर्गिक अधिकारबाट कोही पनि बञ्चित हुनु नहुने बताउनुभयो ।

National Life

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा अटिजम पूनस्थापना तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले देशको विकास र समृद्धिमा जनताले होस्टे गरे आफु हैसे गर्न आउने बताउनुभएको छ । जनताको चाहना समृद्धिको कामना अनुसार नै वर्तमान नेकपा नेतृत्वको स्थायी सरकारले इतिहासकै सबैभन्दा उत्कृष्ट कार्यक्रमहरु ल्याइरहेको बताउँदै विकास र समृद्धिका चारै ढोकाहरु खुल्दै गएको औंल्याउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सरकारले ठूल ठूला राष्ट्रिय गौरवका आयोजना, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगारी कार्यक्रम, जनताको लगानीमा जलविद्युत लगायतका ऐतिहासिक कामहरुलाई एक पछि अर्को गर्दै अघि बढिरहेको जानकारी गराउदै जनताको तिव्र विकास, रोजगारी, आर्थिक वृद्धि, सामाजिक रुपान्तरण, नविनतम सोच तथा विचार लगायतका असंख्य चाहना अनुसार नै सरकारले आफ्नो नीति तथा कार्यक्रमहरु अघि बढाइरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद बस्नेतले विगतमा राज्यको विभिन्न निकायमा काम गरे वापत मात्र राज्यले उपदान तथा पेन्सन दिने प्रवृत्ति रहेको र हाल योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले नीजि क्षेत्रमा काम गर्ने मानिसको समेत भविष्य सुनिश्चित गरेको जीकिर गर्नुभयो।
सांसद बस्नेतले जनता र सरकारको पहलको रुपमा भूमिका निर्वाह गर्ने बताउँदै अटिजम तथा भक्तपुरको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट गर्नुपर्ने कुनै पनि सहयोग गर्न तयार रहेको समेत जानकारी गराउनुभयो ।

प्रतिकृया