• ७ असोज २०८३, बुधबार
  • ७ः२१ बेलुका

राष्ट्र बैंकले २९ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार १२:४२

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २९ करोड ७८ रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको छ।

National Life

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २३ करोड ८३ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड ४६ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४९ लाख रुपैयाँ गरी कूल २९ करोड ७८ लाख रुपैयाँ लगानी गर्न लागेको हो।

बैंकले उक्त रकम २०७७ माघ १ गतेदेखि २०७८ पुस ३० गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस २४ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ। यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।-मेरोलगानी/

प्रतिकृया