• ८ असोज २०८३, बिहीबार
  • ८ः४१ राती

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने नियुक्त

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार ०१:०१

काठमाडौँ, उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आएका न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो ।

National Life

उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजले को बनक्षेत्रमा अबस्थित छ भने आवश्यक चुनढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पुर्वाधारहरु बनाईएको छ।

एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र चरम भ्रस्ट ब्यवस्थापनले अधोगतिको यात्रा तय गर्दै गरेको उद्योग हो । उद्योग का लागि आवश्यक चुनढुङ्गा जिल्लाकै उत्तरी भेगको सुकौराबाट रोपवे मार्फत ढुवानी गरिदै आएकोमा सञ्चालन असक्षमताका कारण उक्त रोपवे बिग्री रहने र समयमा मर्मत नगर्ने परिपाटीका कारण प्राय भाडाका ट्रक मर्फट खानिबाट ढुङ्गा ढुवानी हुँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस उद्योगको उत्पादन गैडा छाप सिमेन्ट उच्च गुणस्तरको हुने भएकोले ग्राहकले सम्भव भएसम्म सोही सिमेन्टको खोजी गर्ने तर उत्पादन पुर्ण क्षमतामा नहुने बिडम्बना छ । केही समय उक्त उद्योग नाफामा सञ्चालन भए पनि पछिल्लो समय भने घाटामा चलिरहेको छ । लामो समयसम्म विभिन्न उद्योग व्यवसायमा सफलता प्राप्त गरेका न्यौपानेको आगमनपछि भने उद्योग नाफामा जाने विश्वाास गरिएको छ ।

प्रतिकृया