• ८ असोज २०८३, बिहीबार
  • ७ः५९ बेलुका

तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार १२:४६

काठमाडौँ, २१ पुस: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

National Life

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।-रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया