• ८ असोज २०८३, बिहीबार
  • ८ः२८ राती

देशभरको मौसम आज कस्तो रहन्छ ? 

प्रकाशित मिति

२०७७ पुष १३ गते, सोमबार ०९:३८

काठमाडौं, पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो ।

अहिले बागमती र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया