• ९ असोज २०८३, शुक्रबार
  • ७ः३७ बेलुका

मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार १२:२७

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई आईतबार पक्राउ गरेको छ ।

National Life

जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ४ बस्नेवर्ष २६ को छेसाङ्ग लामा र वर्ष २३ को शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटि एम डुक मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

त्रिपुरेश्वार स्थित अटो क्लिनिक मोटरसाईकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाईकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुल्न आएको हो । उक्त मोटरसाईकलको वास्तविक नं। प्रदेश ३(०२(००६ प २४९५ रहेको खुल्न आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाण्डौ अत्तरखेलबाट हराएको भनि जिल्ला खोटाङ ऐसेलुखर्क वडा नं। ६ बस्ने सोम कुमार राईले हुलिया सहितको निवेदन यस महाशाखामा दिएका थिए ।
दुवै जनालाई मोटरसाईकलसहित आवश्यक कारवाहीकोलागि महानगरीय प्रहरीवृत्त, बौद्ध पठाईएको जनाएको छ ।

 

प्रतिकृया