• ८ असोज २०८३, बिहीबार
  • ५ः१९ बेलुका

सुनको मूल्य प्रतितोला ९०० ले बढ्यो

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार १२:३५

काठमाडौँ, ६ पुस: स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।

National Life

यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो ।-रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया