• ९ असोज २०८३, शुक्रबार
  • ७ः३५ बेलुका

बसको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ११:१६

झाङ, बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

रासस

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया