• २९ भदौ २०८३, सोमबार
  • ४ः२३ बेलुका

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक शुरु

प्रकाशित मिति

२०७७ मंसिर २५ गते, बिहीबार ०३:२७

काठमाडौं, नेपाल र भारतबीचका ऊर्जा सचिवहरुबीचको भर्चुअल बैठक बिहीबारबाट सुरु भएको छ। बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्ने सचिव स्तरीय जोइन्ट स्टेयरिङ कमिटी (जेएससी) को आठौं बैठकमा नेपालले अन्तरदेशीय प्रशारण लाइन, नेपाल भारत र बंगलादेशसँगको विद्युत व्यापार र भारतसँगको इनर्जी बैकिङसम्बन्धी एजेण्डालाई प्राथमिकताका साथ पेश गर्ने भएको छ।

National Life

ऊर्जा सचिव दिनेश कुमार घिमिरेका अनुसार गतवर्ष भारतको बैंङ्लोरमा बसेको जेएससीको सातौं बैठकमा उठाइएका एजेण्डाको प्रगति र तिनै विषयमा भएको प्रगतिबारे आठौं बैठकमा छलफल गरिनेछ।

प्रतिकृया